Page Nav

HIDE

Grid

GRID_STYLE

Pages

Breaking News

latest

गुगल फोटोजमै अब ‘म्याजिक इरेजर’ फिचर, तस्वीरमा भएका अनावश्यक कुरा मेटाइदिने

  गुगलले सन् २०२१ मा पिक्सेल सिक्स सार्वजनिक गरेसँगै पहिलो पटक त्यसमा म्याजिक इरेजर फिचर उपलब्ध गराएको थियो । अब भने म्याजिक इरेजर फिचर गुगल...

 




गुगलले सन् २०२१ मा पिक्सेल सिक्स सार्वजनिक गरेसँगै पहिलो पटक त्यसमा म्याजिक इरेजर फिचर उपलब्ध गराएको थियो । अब भने म्याजिक इरेजर फिचर गुगल फोटोजमा पनि प्रयोग गर्न सकिनेछ ।

गुगलले बुधबार आयोजना गरेको 'गुगल आई/ओ' कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले उक्त फिचर गुगल फोटोजमा ल्याउन लागेको घोषणा गरे । यो फिचरका माध्यमबाट फोटोमा भएका कुनै पनि अनवाश्यक कुराहरू क्षणभरमै हटाउन सकिन्छ ।

त्यस्तै कुनै फोटोमा आधा वस्तु मात्र देखिएको छ र केही फ्रेम बाहिर छुटेको छ भने गुगल फोटोजमा उपलब्ध हुने म्याजिक इरेजरका माध्यमबाट छुटेको भाग रिकभर गर्न सकिने छ ।

उदाहरणका लागि मान्नुस्, तपाईंले हात फैलाएर फोटो खिच्नुभएको छ । तर, फ्रेमभित्र तपाईंको आधा हातमात्र पर्‍यो । त्यस्तो अवस्थामा म्याजिक इरेजरले फोटोको गुणस्तर, ब्याकग्राउन्ड केहीलाई पनि असर नगरेरै फोटोमा छुटेको भागलाई फिर्ता ल्याउनेछ । अर्थात् फोटोमा नभए पनि एडिट गर्दा एआई टुलले तपाईंको फ्रेमभित्र ल्याउनेछ ।


जसरी म्याजिक इरेजरले फोटोमा भएका अनावश्यक तत्त्वहरू पहिचान गर्छ, त्यसरी नै म्याजिक एडिटरले फोटोमा कमी भएका कुरा पहिचान गरेर त्यसलाई व्यवस्थापन गर्नसक्ने कम्पनीको भनाइ छ ।

गुगल फोटोजमा मासिक एक अर्ब ७० करोड फोटो एडिट हुने गर्छन् ।

कम्पनीले यो फिचर कहिलेबाट उपलब्ध हुन्छ भन्नेबारे केही खुलाएको छैन । सम्भवतः अबको केही महिनामा उक्त फिचर सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८०, टेकपाना

No comments