कोशी प्रदेशको संक्षिप्त परिचय हिमाल , पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झा...
कोशी प्रदेशको संक्षिप्त परिचय
हिमाल, पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । १३७ वटा पालिकाहरु रहेका छन् जस मध्ये महानगरपालिका १ (विराटनगर), उपमहानगरपिलका २(इटहरी र धरान), नगरपिलका ४६ र गाँउपालिका ८८ रहेका छन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश र बाग्मती प्रदेश पर्दछन् । यो प्रदेश ८६ डिग्री १ मिनेटदेखि ८८ डिग्री ३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २ मिनेटदेखि २६ डिग्री ३ मिनेट उत्तर देशान्तरको बीचमा रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा वि.स. २०७८ को जनगणना अनुसार कोशी प्रदेशको कूल जनसङ्ख्या ४९,६१,४१६(१७.०१%) रहेको छ ।
 लैङ्गीक अनुपात
९५.०२(प्रति सय महिलामा पुरुषको संख्या) रहेको छ भने जनसंख्याको वार्षिक वृद्दिदर
०.८६ प्रतिशत रहेको छ । परिवार संख्या ११९१५५६ रहेको छ । कोशी प्रदेशको जनघनत्व
१९२ रहेको छ समग्र नेपालको हकमा जनघनत्व १९८ रहेको छ । यस प्रदेशको साक्षरता
प्रतिशत ७९.७ रहेको छ भने पुरुषको ८६.१ र महिला ७३.६ रहेको छ । सबैभन्दा बढी
जनसंख्या बागमती प्रदेशको रहेको छ । कोशी प्रदेशको कुल जनसंख्या मध्ये नगरपालिकामा
६२.४% र गाउँपालिकामा ३७.६% मानिसहरु बसोवास
गर्छन् ।
कोशी प्रदेशको मात्रृमृत्यु सम्बन्धी विवरण २०७८ अनुसार गर्भावस्थाको अवधीमा भएको महिलाको मृत्यु संख्या १०४, मातृमृत्यु संख्या १०१, जीवित जन्मेका बच्चाको संख्या ६४१९० र मातृमृत्यु दर(प्रति लाखमा) १५७ रहेको छ ।
जिल्लागत जनसंख्या विवरण(२०७८ को जनगणना अनुसार)
| 
   क्र.स.  | 
  
   जिल्ला  | 
  
   कुल जनसंख्या  | 
  
   जनघनत्व  | 
  
   स्थानिय तह  | 
  
   कैफियत  | 
 
| 
   1  | 
  
   ताप्लेजुङ  | 
  
   १२०५९०  | 
  
   ३३  | 
  
   १ नगर, ८ गाँउपालिका  | 
  
   | 
 
| 
   2  | 
  
   संखुवासभा  | 
  
   १५८०४१  | 
  
   ४५  | 
  
   ५ नगर, ५ गाँउपालिका  | 
  
   | 
 
| 
   3  | 
  
   सोलुखुम्बु  | 
  
   १०४८५१  | 
  
   ३२  | 
  
   १ नगर, ७ गाँउपालिका  | 
  
   | 
 
| 
   4  | 
  
   ओखलढुङ्गा  | 
  
   १३९५५२  | 
  
   १३०  | 
  
   १ नगर, ७ गाँउपालिका  | 
  
   | 
 
| 
   5  | 
  
   खोटाङ  | 
  
   १७५२९८  | 
  
   ११०  | 
  
   २ नगर, ८ गाँउपालिका  | 
  
   | 
 
| 
   6  | 
  
   भोजपुर  | 
  
   १५७९२३  | 
  
   १०५  | 
  
   २ नगर, ७ गाँउपालिका  | 
  
   | 
 
| 
   7  | 
  
   धनकुटा  | 
  
   १५०५९९  | 
  
   १६९  | 
  
   ३ नगर, ४ गाँउपालिका  | 
  
   | 
 
| 
   8  | 
  
   तेह्रथुम  | 
  
   ८८७३१  | 
  
   १३१  | 
  
   २ नगर, ४ गाँउपालिका  | 
  
   | 
 
| 
   9  | 
  
   पाँचथर  | 
  
   १७२४००  | 
  
   १३९  | 
  
   १ नगर, ७ गाँउपालिका  | 
  
   | 
 
| 
   10  | 
  
   इलाम  | 
  
   २७९५३४  | 
  
   १६४  | 
  
   ४ नगर,  ६ गाँउपालिका  | 
  
   | 
 
| 
   11  | 
  
   झापा  | 
  
   ९९८०५४  | 
  
   ६२१  | 
  
   ८ नगर, ७ गाँउपालिका  | 
  
   | 
 
| 
   12  | 
  
   मोरङ  | 
  
   ११४८१५६  | 
  
   ६१९  | 
  
   १ महानगर, ८ नगर,  ८ गाँउपालिका  | 
  
   | 
 
| 
   13  | 
  
   सुनसरी  | 
  
   ९२६९६२  | 
  
   ७३७  | 
  
   २ महानगर, ४ नगर,  ६ गाँउपालिका  | 
  
   | 
 
| 
   14  | 
  
   उदयपुर  | 
  
   ३४०७२१  | 
  
   १६५  | 
  
   ४ नगर, ४ गाँउपालिका  | 
  
   | 
 
सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृङ्खलालगायत प्राकृतिक सम्पदाले सुशोभित
दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत सम्वृद्ध
छ । असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले
भरिपूर्ण नेपालको सूदुरपूर्वमा रहेको यस कोशी प्रदेशमा विभिन्न प्रसिद्ध धार्मिक
तीर्थस्थलहरू जस्तै: ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बूढा सुब्बा,
पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् । यी स्थलहरूमा स्वदेशी तथा
विदेशी तिर्थालुहरूको प्रगाढ आस्था रही आएको छ । वर्षेनी हजारौँ भक्तजन तथा
तीर्थयात्रीहरूको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ ।


No comments