Action Research, कार्यमुलक अनुसन्धान १) पृष्ठभूमि– विद्यालय शिक्षाको गुणस्तरियताका लागि उपयुक्त सिकाइ सहजिकरण क्रियाकलाप नै एक महत्वपुर्ण...
Action Research, कार्यमुलक अनुसन्धान
१) पृष्ठभूमि–
विद्यालय शिक्षाको गुणस्तरियताका लागि उपयुक्त सिकाइ सहजिकरण क्रियाकलाप नै एक महत्वपुर्ण अङ्ग हो । सिकाइ सहजिकरण क्रियाकलाप प्रभावकारी भएन भने राज्यले लिएको राष्ट्रिय उद्देश्य तथा तहगत, विषयगत अपेक्षित सिकाइ उपलब्धि पुरा हुन सक्दैन । त्यसैले प्रभावकारी सिकाइ सहजिकरण क्रियाकलापको लागि विषयवस्तुको गाम्भिर्यता र आवश्यकता अनुसार विधि तथा शैक्षिक सामाग्रीको छनौट र प्रयोग आदि कुरामा ध्यान दिनु अति आवश्यक हुन्छ । शिक्षण सिकाइ क्रियाकलापको लागि महत्वपुर्ण पक्ष भनेको सिकारुको सर्वाङ्गिण पक्षको अध्ययन गरी उनीहरुको इच्छा, रुची, आकाक्षा, उमेर तथा लिङ्ग अनुसारको सिकाइ सहजिकरण गतिविधि सञ्चालन गर्नु हो । शिक्षण सिकाइ क्रियाकलाप गर्नको लागि कक्षाकोठा भित्र तथा बाहिरको वातावरणमा समेतमा ध्यान पर्याउनु पर्दछ । यी कुराहरुमा मध्यनजर गर्दै शिक्षकले आफ्नो शिक्षणको समग्र पद्दतिमा ध्यान दिनु पर्छ ।
यदि शिक्षक दक्ष तथा तालिम प्राप्त भएन भने जतिसुकै शिक्षण विधि तथा शैक्षणिक सामग्रीको प्रयोग गरे पनि सिकाइ सहजिकरण प्रभावकारी हुदैन । विद्यार्यीको शिक्षण सिकाइ क्रियाकलापलाई विद्यालयको मात्रै नभएर विद्यार्थीको घरायसी वातावरणले पनि महत्वपुर्ण प्रभाव पार्दछ ।
नेपालको पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित पाठ्यपुस्तकहरु शिक्षण गर्न माथिका सम्पुर्ण कुरामा ध्यान दिनु अपरिहार्य छ । कक्षा पाँचको सामाजिक विषयको लागि नेपालको नक्सा निर्माण अध्यापन गराउदा माथि उल्लेखित सम्पुर्ण गतिविधिमा ध्यान दिनुपर्दछ । जसमा विद्यार्थीको रुचि, व्यवहार तथा सहभागितामा ध्यान पुर्याउनु पर्छ ।
२) समस्याको पहिचान –
नेपालको नक्सा निर्माण सिकाउदा सबैले नेपालको नक्सा निर्माण कार्य गर्न नसक्नु मुख्य समस्या रहेको देखियो ।
३) अनुसन्धानको उद्देश्य –
यस कार्यमूलक अनुसन्धानको उद्देश्यहरु निम्नानुसार छन् ः–
क) नेपालको नक्सा निर्माणमा देखिएका कठिनाइहरू पहिचान गरी समाधान गर्ने ।
४) समस्याको सम्भावित कारणहरु–
क) कक्षा चारमा नेपालको नक्सा निर्माण सम्बन्धि सक्ष्यमताहरु हासिल नभई कक्षा ।
ख) कक्षामा नियमित उपस्थित नहुनु ।
ग) शिक्षकले कक्षा नेपालको नक्सा निर्माण सम्बन्धि पाठ पढाउदा तथा सिकाउदा ध्यान नदिनु ।
घ) पाठ्यपुस्तक नहुनु ।
५) समस्या समाधानको सम्भावित विकल्पहरु –
क) प्रत्येकलाई नेपालको नक्सा बनाउन लगाउने ।
ख) पुस्तकमा दिइएको नेपालको नक्सा हेर्दै नेपालको नक्सा निर्माण गर्न लगाउने ।
ग) एटलस वा नेटबाट खोजी गरी शिक्षकले केही थान नक्सा प्रिन्ट गरी सो हेर्दै बनाउन लगाउने ।
घ) साह्रै कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीलाई कार्बनको प्रयोग गरी नक्सा बनाउन प्रोत्साहन गर्ने ।
ङ) क्ष्ऋत् को प्रयोग गर्दै नक्सा निर्माणका नविनतम् तथा सरल प्रविधिको प्रयोग गरी नक्सा उतार्न सिकाउने ।
६) विकल्पहरुको प्राथमिकीकरण–
क) पुस्तकमा दिइएको वा प्रिन्ट गरिएको नेपालको नक्सा हेर्दै नेपालको नक्सा निर्माण गर्न लगाउने । आवश्यकता अनुसार शिक्षकले सहजिकरण गर्ने ।
ख) साह्रै कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीलाई कार्बनको प्रयोग गरी नक्सा बनाउन प्रोत्साहन गर्ने वा छापेर नक्सा बनाउन लगाउने ।
ग) ICT को प्रयोग गर्दै नक्सा निर्माणका नविनतम् तथा सरल प्रविधिको प्रयोग गरी नक्सा उतार्न सिकाउने ।
घ) साह्रै कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीलाई उपचारात्मक कक्षाको व्यवस्था गर्ने ।
७) योजना–
एटलस वा इन्टरनेटको प्रयोग गरी केहि थान नक्सा प्रिन्ट गर्ने वा शैक्षिक सामग्री संकलन गरी कक्षामा क्ष्ऋत् को प्रयोग गर्दै नेपालको नक्सा निर्माणको नविनतम् प्रविधिबारे सकिाइ सहजिकरण गर्ने योजना बनाइयो । यसका लागि विद्यार्थीहरुको समूह निर्माण गर्ने र प्रत्येक समूहमा कम्तिमा एक जना नक्सा बनाउन सक्षम विद्यार्थीलाई टोली नेता बनाइ कमजोर साथीहरुलाई समेत सहायता प्रदान गर्न लगाउने । साह्रै कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीलाई कार्बनको प्रयोग गरी नक्सा बनाउन प्रोत्साहन गर्ने वा छापेर नक्सा बनाउन लगाउने तथा अझै पनि नक्सा निर्माण गर्न असमर्थ विद्यार्थीलाई उपचारात्मक कक्षाको व्यवस्था गर्ने । त्यसरी बारम्बार अभ्यास गराइ अधिकांश विद्यार्थीले नेपालको नक्सा बनाउन सक्ने गरी योजना बनाइयो ।
८) कार्यान्वयन –
माथि उल्लेखित योजना निर्माण गरी प्राथमिकता अनुसार क्रमैसग लागु गरियो । तोकिएको समयमा नेपालको नक्सा तथा क्ष्ऋत् को प्रयोग गरी सिकाइ सहजिकरण क्रियाकलाप गरियो । यसरी हेर्दा कार्यन्वयन पक्ष योजना अनुरुप नै भयो ।
९) अवलोकन–
योजना कार्यन्वयनको क्रममा वा सिकाइ सहजिकरणको क्रममा विद्यार्थी र शिक्षकको भूमिका बराबर रुपमा सकृय रहेको थियो । शिक्षकको ध्यान सबै विद्यार्थी प्रति थियो । विद्यार्थीहरुको ध्यानाकर्षण शिक्षक नक्सा निर्माण प्रती नै थियो । विद्यार्थी केन्द्रित तथा छलफल विधिको माध्यमबाट नक्सा निर्माण सम्बन्धि सहजिकरण गर्दा अपेक्षा गरेका उदेश्यहरुमा सफलता पुर्वक सिकाइ हासिल भएको मैले अवलोकन गरेको छु । पहिलो पटकमा ३५ प्रतिशत विद्यार्थीले नक्सा निर्माण कार्य सफलता पूर्वक सम्पन्न गर्न सके भने दोस्रो पटकमा ७५ प्रतिशतले सफलता पूर्वक नक्सा सम्पन्न गर्न सके । बाकी रहेका २५ प्रतिशतलाई थप दुईवटा अतिरिक्त कक्षा लिए पश्चात नक्सा निर्माण गर्न सकेको देखियो ।
१०) प्रतिबिम्वन–
विद्यार्थीहरुलाई बढी सक्रिय गराएर, उपयुक्त किसमिको शैक्षिक सामाग्री तथा प्रविधिको प्रयोग गरी सहजिकरण गर्दा शिक्षक कम बोले पनि पुग्ने । थकान महसुस नहुने देखयिो । यो अनुसन्धानले विद्यार्थीहरुमा सिकाइ प्रति उत्प्रेरण जागरण गराउन सके विद्यार्थी आफै उत्सुक रहने जिज्ञासु हुने रहेको पाएँ । सहि ढङ्गले योजनाबद्ध रुपमा सहजिकरण गर्दा सिकाइ प्रभावकारी वनाउन तथा अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न कठिन नहुनेरहेछ भन्ने कुराको प्रमाण यस योजनाको कार्यान्वयनको अवलोकन र अनुसन्धानले ज्ञात गरायो । कक्षामा विभिन्न पृष्ठभूमि र क्षमता स्तरका बालबालिका हुने भएकाले आवश्यकता अनुसार थप अवसर तथा उपचारात्म कक्षा सञ्चालन गरी सिकाइमा सुधार गरी पृष्ठपोषण दिदै जादा कमजोर सिकाइ क्षमता तथा उपलब्धि भएका बालबालिकाहरुमा पनि अपेक्षित उपलब्धि प्राप्त हुने देखियो ।
सिकाइ क्षमता उच्च भएका बालबालिकाहरुलाई चाडै सिकाउन सकिने तथा मध्यम तथा न्यून क्षमता भएका बालबालिकाहरुलाई नविनतम् प्रविधि तथा थप शैक्षिक सामाग्री एवम् अतिरिक्त कक्षा सञ्चालन गरी नक्सा निर्माणमा सक्षम बनाउन सकिने रहेछ ।
११) निष्कर्ष–
एउटा कुमालेले काचो माटोलाई आफ्नो ज्ञान, सिप, लगनशिलता तथा प्रविधिको प्रयोग गरी एउटा चिटिक्कको गमला तथा पाला बनाउन सक्छ भने त्यसरी नै एउटा शिक्षकले आफुमा भएका ज्ञान, सिप, लगनशिलता तथा प्राविधिको प्रयोग गरी कठिन भन्दा कठिन मानिएका सिप तथा विषयवस्ुतहरु समेत सजिलै सिकाइ राज्यले अपेक्षा गरेको जनशक्ति तयार गर्न सक्दछ । तर त्यसका लागि विषय वस्तुको आवश्यकता, सिकारुको क्षमता तथा रुची अनुसार उपयुक्त शैक्षिक सामग्री तथा प्रविधिको प्रदर्शन गर्ने उचित सिप तथा विषयगत ज्ञान, अध्ययाशिलता तथा लगनशिलता हुनुपनि उत्तिकै आवश्यकता पर्दोरहेछ । अनि मात्र एउटा कुशल शिक्षक बन्न सकिने रहेछ ।
समाप्त
No comments