विद्यालय शिक्षाका लागि कक्षा १ देखि १२ सम्मका सम्पूर्ण विषयका नयाँ पाठ्यक्रमहरु लागु शैक्षिक सत्र २०८० सालमा विद्यालय तहका सबै कक्षामा नयाँ ...
विद्यालय शिक्षाका लागि कक्षा १ देखि १२ सम्मका सम्पूर्ण विषयका नयाँ पाठ्यक्रमहरु लागु
शैक्षिक सत्र २०८० सालमा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू भएका हुन् ।
विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसककाे पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए ।
केन्द्रका महानिर्देशक दाहालले एकैचोटि सबै कक्षामा पाठ्यक्रम कार्यान्वयन गर्न समस्या भएका कारण चरणबद्ध रूपमा यसलाई अगाडि बढाइएको जानकारी दिनुभयो । एकै पटक लागू गर्दा पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक प्रकाशन लगायतका काम गर्न समस्या हुने भएकाले चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको हो । व्यवस्थापकीय हिसाबले कार्यान्वयन गर्न पनि सहज हुने महानिर्देशक दाहाल बताउँछन् ।
केन्द्रका अनुसार २०७८ को शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ तथा २०७९ सालमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गिरएकाे थियाे । २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसकेकाे छ ।
तल लिङ्कमा क्लिक गरेर सम्पूर्ण विषयका नया पाठ्यक्रम हेर्न तथा डाउनलोड गर्न सक्नुहुनेछ ।
No comments